मादक पदार्थ सेवन गरी बस चलाएर कारमा ठाेक्काउने चालक गुरूङ पक्राउ

मादक पदार्थ सेवन गरी बस चलाएर कारमा ठाेक्काउने चालक गुरूङ पक्राउ
Oplus_0

मादक पदार्थ रक्सी खाएर राेकिराखेकाे कारमा नगर बस ठोक्काउने चालकलाई प्रहरीले पक्राउ गरेको छ । नगरबसहित पक्राउ पर्नेमा ग१ख ४१२५ नम्बरको नगरबसका चालक पोखरा महनगरपलिका ७ घारिपाटन बस्ने बर्ष ४८ को हस्त बहादुर गुरुङ रहेका छन्।

चालक गुरुङले चलाएको ग१ख ४१२५ नम्बरको बसले पोखराको सभागृह चोक नजिक पार्किङ गरी राखेको ग१च ५३६१ नम्बरको कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। गुरुङले मादक पदार्थ सेवन गरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले चालक गुरुङ र नगरबसलाई नियन्त्रण लिई आवश्यक कारबाहीको लागि वडा प्रहरी कार्यालय बैदाम पठाएको जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page