व्यवस्था बदलिए पनी अवस्था बदलिएन – नेता पुन

व्यवस्था बदलिए पनी अवस्था बदलिएन – नेता पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले व्यवस्था बदलिएपनि अवस्था बदलिन नसकेको बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर माओवादी जनतामाझ जाने बताए ।

जनताले खोजेको यही भएकोले अहिले हामी संगठन सुधारको अभियानमा लागिरहेका छौं’, पुनले भने । ऋषिङ्ग गाउँ सभामा भाग लिन तनहुँ आएका पुनले पत्रकार सँगकाे भेटघाटमा सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्त्वपूर्ण भएकोले सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने उनको भनाइ छ ।

आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ पुनले भने । एक अर्को प्रसङ्गमा नेता पुनले माओवादी पार्टी अहिले सरकार फेरबदलमा नलाग्ने बताए ।
माओवादी आगामी निर्वाचनमा एक्लै लड्ने गरी अगाडी बढेको बताउँदै त्यसको सन्देश उपनिर्वाचनले दिइसकेको दावी गरे । पुनले भने, “नेपालमा दुई दलीय शासन व्यवस्थाको प्रयास गरिएकामा त्यसलाई जनताले अस्वीकृत गरिसकेका छन् । माओवादी एक्लै निर्वाचनमा उभिन सक्ने गरी हामी लागिपरेका छौ र त्यो जनताले अनुमाेदन गरेका छन् उनलेे भने ।

प्रेस सेन्टरका अध्यक्ष सन्त नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर चुमान, आशा कोइराला, प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, जिल्ला अध्यक्ष ओमराज आले , विनोद ढुंगाना लगायत सहभागी थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page