लायन्स क्लव तनहुँ दमाैली द्वारा बिद्यार्थीलाई स्विटर वितरण
लायन्स क्लब अफ तनहुँ दमौलीले व्यास ६ को अमृत आधारभूत विद्यालयमा अध्यनरत बिद्यार्थीहरूलाइ स्विटर वितरण गरेको छ । क्लबले उक्त विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर २४ जना विद्यार्थीलाई जाडो मौसमका लागि १ विद्यार्थी १ स्विटर वितरण गरेकाे जनाएको छ ।

ब्यास नपा वडा नं. ६ का अध्यक्ष जिवन गुरुङ कुमारकाे प्रमुख आतिथ्यतामा भएको स्विटर वितरण कार्यक्रममा विशिष्ट अतिथि राजकुमार श्रेष्ठ (राकु) रहेका थिए । उक्त अवसरमा डिस्टिक अफिसर बसन्त गीरि, क्लबका प्रथम उपाध्यक्ष बसन्त जिसि, पदाधिकारि सन्तोष दहाल , संस्थापक सदस्य महेन्द्र रिजाल, सरोज कुमार अधिकारी , सुमन श्रेष्ठ , सन्तोष जमरकट्टेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा लायन्स क्लब अफ तनहुँ दमौलिका अध्यक्ष रनिल रोकाले क्लबले सधैं समाजसेवाको माध्यमबाट सकारात्मक योगदान गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।।

























