सहकारीका प्रवन्धक गैर्हैलाइ पिट्ने भिमादका एमाले वडाअध्यक्ष श्रेष्ठ प्रहरीको खाेरमा
तनहुँकाे भिमाद बचत तथा ऋण सहकारीका प्रवन्धक रामबाबु गैर्हेलाइ पिट्ने भिमाद नगरपालिका वडा नं ७ का अध्यक्ष प्रकाश श्रेष्ठ सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा अध्यक्ष श्रेष्ठ पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट निकालेको लाेन नतिरेपछि आफ्नाे धितो राखेको जग्गा लिलाम गरेको भन्दै अध्यक्ष श्रेष्ठले प्रवन्धक गैर्हेलाइ कुटपिट गरेका बताइएको छ ।

२०७६ सालमा २८ लाख रूपयाँ लाेन लिए पछि सावा , व्याज एकपटक पनि नतिरेकाे र पटकपटक चिठी तथा फाेन मार्फत जानकारी गराउँदापनी कुनै वास्ता नगर्ने गरेपछि सहकारीले सहकारी नियम र प्रक्रिया अनुसार लिलामी गरेको बिषयमा एक्कासि हातपातको घटना भएको थियो । घरमा चिठी पठाउँदा नबुझ्ने र उल्टै कर्मचारीलाई धम्काएर पठाउने गरेपछि बाध्य भएर सञ्चालक समितिले कानुनी प्रक्रिया अगाडि बढाएको थियो । भिमाद सहकारीका अध्यक्ष काजीमान श्रेष्ठले सञ्चार माध्यमलाई बताएअनुसार सञ्चालक समितिले गरेको निर्णय प्रवन्धकले कार्यान्वयन गर्ने भएको हुँदा प्रवन्धक माथि हातपात गर्नु तथा उहाँको श्रीमती माथि दुर्ववहार गर्नु अत्यन्तै गलत भएको बताए । थुप्रैपटक लिखित तथा माैखीक जानकारी समयमै गराउँदा पनि यिनीहरूले मलाई के गर्न सक्छन् र भनेर हेप्ने अनि अहिले आएर एउटा प्रवन्धककाे घरमा पसेर पिट्ने जस्तो जघन्य अपराधकाे काम अध्यक्ष श्रेष्ठले गरेको उनले बताए । घटनाको अवस्था तथा शिसी क्यामरा फुटेज हेर्दा अत्यन्तै निन्दनीय काम गरेको देखिएकोले उनलाई कानुनी कारबाही हुनुपर्ने उनको माग छ । श्रीमतीको नाममा भएको जग्गाबाट धनजमानी बसेर श्रीमान भनेका अध्यक्ष श्रेष्ठले सहि , ल्याप्चे ठाेक्ने , पैसा लगेपछि वास्ता नगर्ने अनि सहकारीले पैसा नउठेपछी कानुनले दिएको अधिकार प्रयाेग गरेर प्रक्रिया अगाडि बढाउँदा कुट्ने , धम्क्याउने गर्न पाइन्छ ? सहकारी अध्यक्ष श्रेष्ठले भने ।

यता कुटाइ खाने सहकारीका प्रवन्धक रामबाबु गैर्हेले नगरपालिकाकाे सवारीसाधन प्रयोग गरेर दुईवटा छाेरा नेपाेलियन र निकेश श्रेष्ठ तथा एकजना जेठान पर्ने सहितको वडा अध्यक्ष श्रेष्ठको दलबल आएर बिहानको ९ बजे खाना खाइरहेकाे ठाउँमा आएर आँफु र आफ्नाे परिवारलाई कुटेको बताएका छन् । ससाना ३ र ५ वर्षका बच्चा तथा ९० वर्षकाे आमाकाे अगाडि मलाई तथा श्रीमतीलाई लछारपछार पारिएको तथा माेवाइल खाेस्ने काम भएको गैर्हे परिवारले बताएको छ । घरको परिवार माथि सांघातिक हमला भए पछि सबै जना त्रासमा बस्नुपरेको मात्रै नभइ असुरक्षित महसुस भएको उनिहरूकाे भनाइ छ । प्रवन्धक गैर्हेमाथी अध्यक्ष श्रेष्ठको टाेलिले घर बाट सहकारी पुग्दै गर्दा सहकारी अगाडिनै फेरि झन ठुलो आक्रमण गरि रगताम्मे बनाएको प्रतक्ष्यदर्शीले बताएका छन् र त्यो शिसी क्यामरा फुटेजले पनि देखाएको छ । आक्रमण निरन्तर भए पछि सहकारीका अध्यक्ष श्रेष्ठले प्रहरीलाई खवर गरेको र तत्कालै पक्राउ गरि लगेको बताइएको छ ।
गैर्हे परिवारले वडा अध्यक्ष श्रेष्ठले जंगली व्यवहार देखाएको भन्दै श्रीमतीले दुई हात जाेडेर यस्तो अमानवीय व्यवहार नगर्नु भन्दाभन्दै पनि निरन्तर आक्रमण गरिरहेको भन्दै यस्तो जघन्य अपराध गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेको छ । यस्तै सहकारीका अध्यक्ष श्रेष्ठले पनि सहकारीका कर्मचारी पिट्ने , सहकारीको बद्नाम गराउने बिषय सामान्य नभएको भन्दै यसलाई गम्भीर रूपमा लिएको जनाएका छन् । हातपात गर्ने अध्यक्ष लगायतको टाेलीमाथी प्रवन्धक गैर्हेले र सहकारीले फरकफरक मुद्दा दायर गरेको छ ।
यस बिषयमा बेलचाैतारा प्रहरी सँग सम्पर्क गर्दा अध्यक्ष श्रेष्ठ सहितका ५ जनाको टाेलिलाइ तिनदिन देखि थुनामा राखेको र अदालतबाट म्याथ थप गरि थप अनुसन्धान भइरहेको बताइएको छ ।
























