भानु नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डकाे उपाधि बिद्या निकुञ्ज मावि बयापानीलाइ
छैटौं भानु नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि बिद्या निकुञ्ज माध्यमिक बिद्यालय भानु- १२ बयापानीले हात पारेको छ । यही माघको १० देखि १२ गतेसम्म गरी तीन दिन भएको कार्यक्रममा ६ स्वर्ण , १ रजत र २ कास्य पदक जित्दै बिद्या निकुन्जले उपाधि हात पारेको बिद्यालयका पुर्व बिद्यार्थी सुर्यकिरण मजकाेटिले बताए ।
बिद्यार्थीहरूले ३००० मि.दौड छात्र स्वार्ण – शन्देश मजकोटी , ३००० मि.दौड छात्रा स्वार्ण-संगीता लम्साल , १५०० मि.दौड छात्रा (स्वर्ण)-सुस्मिता लम्साल ४×४०० मि.रिलेमा छात्रा-स्वर्ण पदक ,८०० मि.दौड स्वर्ण-सुस्मिता लम्साल , छात्रा कपर्दी-स्वर्ण पदक , १५०० मि. दौड छात्र कास्य पदक- सन्देश मजकोटी , ४०० मि. दौड छात्रा रजत पदक-अस्मिता मजकोटी र जेभलिन थ्रो छात्र-कास्य रियाक्सन थापा मगर ले हात पारेका भूपू बिद्यार्थी मजकाेटिले जानकारी दिए ।
उक्त कार्यक्रमकाे लागि मुख्य भुमिकामा शिक्षक-पदम राज भट्ट/शिक्षिका रन्जिता आर.जे प्र.अ गणेश सापकोटाका साथै बि.ब्य .स अध्यक्ष-इमान चुमि मगर लगायत रहेका थिए । बिजेताहरूलाइ भानु नगरपालिकाका मेयर आनान्द राज त्रिपाठी , भानु १२ का वडाअध्यक्ष लगायतले पुरस्कार वितरण तथा शुभकामना व्यक्त गरेका थिए ।

























