काङ्ग्रेस नेतृ आचार्यकाे निधन
नेपाली काङ्ग्रेस तनहुँ महिला नेतृ शशि आचार्यकाे निधन भएको छ । आचार्यकाे सनिवार राती ८ . ४५ बजे ८२ बर्षको उमेरमा निधन भएको हाे । लामो समयदेखि विभिन्न समस्यामा रहनुभएकी आचार्यकाे व्यास ३ स्थित आफ्नैं घरमा निधन भएको हाे ।

जिवनभर सामाजिक , राजनीतिक , शैक्षिक लगायतका क्षेत्रकाे उत्थान र परिवर्तनका लागि लाग्नुभएकी स्वर्गीय आचार्य नेपाल महिला संघ तनहुँकाे पुर्व सभापति , काङ्ग्रेस पार्टीको जिल्ला सदस्य लगायतका ठाउँमा बसेर काम गर्नुभएको थियो । महिला हक अधिकार र उत्थानकाे लागि अतुलनीय याेगदान सँगै परिवर्तनको लडाइँमा नेतृत्व गर्नुभएका आचार्यकाे निधनले पार्टीलाई र बिशेश गरि महिला संघ लाई अपुरणिय क्षति पुगेको काङ्ग्रेस नेतृ चिनु पाेख्रेलले बताउनुभएको छ । आचार्य अत्यन्तै लगनशील , मेहेनती , शालीन नेताको रूपमा चिनिने र कसैलाई नराम्रो नगर्ने नेताको रूपमा हुनुहुन्थ्यो नेता पाेख्रेलले सामाजिक सञ्जाल मार्फत लेख्नुभएको छ ।
उहाँको अन्त्येष्टि सेतीमादी संगमस्थल दमाैलीमा आइतबार बिहान ८ बजे गर्ने कार्यक्रम रहेको छ ।

























