तनहुँ प्रहरीले लाेकल रक्सी पार्ने मर्चा समात्याे !

तनहुँ प्रहरीले लाेकल रक्सी पार्ने मर्चा समात्याे !

जिल्ला प्रहरी कार्यालय तनहुँले रक्सी पार्ने मर्चा समातेको छ । व्यास नगरपालिका वडा नं.१ तालघरे स्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारीसाधन चेकजाँचको क्रममा मर्चा समातेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रे बाट दमौली तर्फ आउँदै गरेको चालक धनराज खड्गीले चलाइ ल्याएको ग १ च ८६८१ नम्बरको जिपलाई रोकी चेकजाँच गर्दा जिप पछाडी पट्टि अवैध रूपमा बोरामा हाली ल्याएको मदिरा बनाउन प्रयोग हुने मर्चा १७ बोरा सहित गाडी नियन्त्रणमा लिइएको बताइएको छ ।
उक्त मर्चा व्यास ३ का वडा अध्यक्ष अनुप रानाको राेहबरमा नस्ट गरिएको समेत बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page