दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाउँदै ट्राफिक प्रहरी तनहुँ

दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाउँदै ट्राफिक प्रहरी तनहुँ

पृथ्वीराजमार्ग सडक खण्डमा सवारी दुर्घटना बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले थप सक्रियता बढाएको छ । निर्माणकै चरणमा रहेको सडकमा तीब्रगति तथा लापरबाही लगायतका अन्य बिभिन्न कारणले दुर्घटना बढेपछि ट्राफिक प्रहरीले नयाँ अभियान नैं चलाएर दुर्घटना राेकथामकाे लागि थप सक्रियता बढाएको हाे ।
दुर्घटना रोक्न राजमार्गका विभिन्न ठाउँमा ट्राफिक संकेत बोर्डहरु राखेकाे तनहुँ ट्राफिकले पछिल्लो समय राजमार्गमा दुर्घटना बढेसँगै मादक पदार्थ लगायत अन्य नशालु पदार्थ सेवन नगरिकन सवारी चलाउन सवारी चालकहरुलाई सचेत गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका सइ सुमन निउरेले बताए । ट्राफिक नियम पालना ,सवारी चलाउनु अगाडि सवारी साधन चेकजाँच ,सवारी साधन चलाउँदा मोवाइल प्रयोग नगर्ने ,क्षमता भन्दा बढी यात्रु नराख्ने लगायतका विषयमा समेत सचेतना फैलाएको सइ निउरले जानकारी दिए ।

त्यसैगरी सवारी चलाउँदा पैदल यात्रुहरुलाई विशेष ध्यान दिन , मोटरसाइकल ,स्कुटर चलाउँदा हेलमेट प्रयोग गर्न , रातको समयमा साइकल चलाउँदा टल्कने लुगा लगाउने , जथाभावी हर्न नबजाउने ,लामो दुरीको सवारी साधन चलाउँदा आलोपालो गर्ने र थकान र निद्रा लागेको अवस्थामा सवारी साधन नचलाउने विषयमा विशेष ध्यान दिन तनहुँ ट्राफिकले जनचेतना फैलाउँदै भनेको छ । जिल्लाकाे काेत्रे र आँबुखैरेनीका प्रवेश द्वारमा बाटोकाे अवस्थाकाे बारेमा जानकारी गराउन बिशेश कार्यक्रमहरू अभियानकै रूपमा चलाइएको तनहुँ ट्राफिकले जनाएको छ ।

राजमार्गमा तीब्रगतिबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले कार्यालय मातहतको बिलमनगरदेखि दमौली बजारसम्मको सडक खण्डको बिभिन्न मोड तथा घुम्ती भएका स्थानहरुमा स्पिड लिमिटका १६ थान बाेर्डहरू केही दिन अगाडि राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । यस अगाडि पनि ट्राफिक प्रहरीले साइलेन्सर फेरेर चर्को आवाज निकाल्ने मोटरसाइकल लाई कारबाही गर्नुका साथै ध्वनी प्रदूषण गरेर गुड्ने मोटरसाइकल , जेब्रा क्रसिङमा पार्क गर्ने, साईलेन्सर (मोडिफाई) परिवर्तन गर्ने र सिट क्षमता भन्दा बढी सिट थप्ने सवारीलाई कारबाही गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page