फागुन १२ गतेदेखि हुने डुम्रे महाेत्सव पुल्चोकमा हुने

फागुन १२ गतेदेखि हुने डुम्रे महाेत्सव पुल्चोकमा हुने

तनहुँको डुम्रेमा फागुन १२ गतेदेखि हुने चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव पुल्चोकमा हुने भएको छ । “व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित यही फागुन १२ गतेदेखि २५ गतेसम्म हुने महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा हुने महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । अहिलेसम्म महाेत्सव तयारी ७० प्रतिशत पूरा भएको भन्दै अधिकारीले कृषि , पशु क्षेत्रलाई प्राथमिकतामा राखेर याम्पाकाे अर्गानिक उत्पादन ल्याउने वातावरण मिलाउने जानकारी दिए ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा हुने महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा गरिएको छ।

महोत्सवको तयारीलाई थप प्रभावकारी बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गरेर तयारीलाई तिव्रता दिइएको छ । महोत्सवको सफल सञ्चालनका लागि आर्थिक व्यवस्थापन, सांस्कृतिक कार्यक्रम, प्रचार(प्रसार, सुरक्षा, र सञ्चालन समिति लगायतका उपसमितिहरू गठन गरी जिम्मेवारी तोकिएको हाे ।

व्यवसायी, सरोकारवाला निकाय स्थानीयवासीहरूको सहयोगमा महोत्सवलाई भव्य बनाउनका लागि तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ। महाेत्सवका स्टल संयाेजक राम जाेशीले अहिले स्टल बुकिङ खुल्ला रहेको जानकारी दिए । यस्तै डुम्रे इकाईका सचिव महेन्द्र शाहीले चिठी , निमन्त्रणा काे काम अन्तिम चरणमा पुगेको र सचिवालयले दैनिक रूपमा काम गरिरहेकाे जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page