अर्चले फुटबल कपको उपाधि भन्सार युवा क्लबलाई
अर्चले फुटबल कपको उपाधि भन्सार युवा क्लवले जितेको छ । अर्चले युवा क्लवकाे आयाेजनामा भानु नगरपालिका वडा नं १२ मा फागुन ३ गते देखि भएको प्रतियोगिताकाे फाइनल खेलमा मनाेचाैका युवा क्लबलाई २-० गाेलले पराजित गर्दै भन्सारले उपाधि चुमेकाे हाे । त्यसै गरि भेन्ट्रान्स तर्फको उपाधि पनि भन्सार युवा परिवारले नै जित्न सफल भएको छ।

“युवाहरु बीच आपसी सद्भाव, समन्वय, सहकार्य र पारस्परिक एकता , सभ्य स्वच्छ, स्वस्थ समाज निर्माणको निमित्त आजको आवश्यकता” भन्ने मुल नाराका साथ भएको छैटौं अर्चले फुटबल कप–२०८१ फाल्गुण ३ गतेबाट १० गतेसम्म भएको थियो ।

प्रतियोगितामा प्रथम हुने भन्सारले नगद १ लाख ६० हजार सहित कप, प्रमाणपत्र , प्रशंसा पत्र , मेडल प्राप्त गरेको छ । यस्तै द्धितीय हुने मानेचाैका युवा क्लवले नगद ८० हजार नगद सहित प्रमाणपत्र , ट्रफी र मेडल प्राप्त गरेकाे छ ।
























