काङ्ग्रेस नेतृ आचार्यकाे निधनमा शाेकसभा

नेपाली काङ्ग्रेस नेतृ एवम् नेपाल महिला संघ तनहुँकी पूर्व सभापति शशी आचार्यको निधन भएको ४५ औं दिनमा सोमबार शोकसभा गरिएको छ ।

नेपाली कांग्रेस व्यास नगर वडा नम्बर ३ कार्षसमितिले महिला नेतृ आचार्यको निधनमा शोकसभा गरेको हाे । पार्टीका वडा सभापति एवं वडाध्यक्ष अनुप रानाको सभापतित्वमा आयोजित शोकसभामा नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति एवम् व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, महिला संघका सभापति पवित्रा पौडेल, महिला नेतृ सरिता गुरुङ, माया राना लगायतले स्वर्गीय आचार्यको योगदानको चर्चा गरेका थिए ।

स्वर्गीय आचार्य लामो समय पार्टीको महिला नेतृत्वमा रहँदै हरेक आन्दाेलनमा सकृय हुनुका साथै संगठन निर्माणमा लाग्ने महिला नेतृ भएको सहभागीहरूले बताएका थिए ।
























