ऋषिङकाे होमष्टेमा पाहुनाको लर्को

ऋषिङकाे होमष्टेमा पाहुनाको लर्को


देशभर बढिरहेको घरबास (होमस्टे) कार्यक्रमको निरन्तरता दिँदै ऋषिङ्ग-८ मा गठित ऋषिङ्ग अजम्मरी होमस्टे समुहले आज एक स्थानिय तहलाई नै स्वागत गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख उपस्थितिमा कास्किको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष मीन बहादुर गुरुङ सहित माछापुच्छ्रे गाउँपालिकाका जनप्रतीनिधी तथा प्रशासनिक कर्मचारी सहितको करिब ५० जनाको समुहलाई ऋषिङ्गमा स्वागत गरिएको छ ।

होमष्टे ब्यवस्थापन समितिका अध्यक्ष यमुना श्रेष्ठको अध्यक्षतामा र होमष्टे ब्यवस्थापन समितिका सल्लाहकार महेन्द्र कुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा आफ्नो भनाई राख्दै मुख्य अतिथी राजेन्द्र कृष्ण श्रेष्ठले ऋषिङ्ग गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको पर्यटन प्रबर्द्धनलाई अगाडि बढाउन अन्य वडामा जस्तै ऋषिङ्ग अजम्मरी होमष्टे समुहले पनि सहयोग गरिरहेको र पाहुनाहरुलाई अझ परिस्कृत तवरले संचालन गर्न रचनात्मक सुझाव छोड्नको लागि आग्रह गर्दै सुझावलाई ऋषिङ्ग गाउँपालिकाले सिकाईको रुपमा ग्रहण गर्ने बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page