बन्दीपुरमा जातीय भेषभुषामा सजिएर फाेटाे खिच्ने र टिकटक बनाउनेकाे संख्या बढ्याे

बन्दीपुरमा जातीय भेषभुषामा सजिएर फाेटाे खिच्ने र टिकटक बनाउनेकाे संख्या बढ्याे


तनहुँकाे पर्यटकीय क्षेत्र बन्दीपुर घुम्न आउने पर्यटकहरूमा रंगीविरंगि भेषभुषामा सजिएर फाेटाे खिच्ने तथा टिकटक बनाउनेकाे संख्या बढ्दै गएको छ । पर्यटकहरू विभिन्न जातीय भेषभुषामा सजिएर फाेटाे खिच्ने तथा टिकटक बनाउने गरेपछि जातीय भेषभुषाका ड्रेसहरू भाडामा राख्ने व्यवसायीहरूकाे संख्या पनि बढ्दै गएको छ ।

पहिला यस्तो ट्रेन थिएन तर पछिल्लो समय यसको माग ह्वात्तै बढ्दै गएको छ बन्दीपुर पर्यटन बिकास समितिका संस्थापक अध्यक्ष एवम् व्यवसायी राजकुमार श्रेष्ठले भने । पछिल्लो समय बन्दीपुर घुम्न आउनेहरूमा ड्रेसमा सजिनेकाे संख्या बढेको छ ।

बन्दीपुरका अर्का व्यवसायी सविना श्रेष्ठले अन्य दिनको तुलनामा बिदाकाे दिनमा ड्रेस भाडामा बढी लाग्ने गरेको बताइन् । हिजो सनिवार त अहिलेसम्मकै बढी एक दिनमै ६० जनालाई ड्रेस भाडामा लगाउन पाएकाे श्रेष्ठले जानकारी दिइन् । यस्तै अर्की व्यवसायी आशा गुरूङले करिब २ महिना अगाडि देखि पसल सुरुवात गरेको बताइन् । करिब साँढे दुई लाख लगानीमा उनले बन्दीपुर गुरूङ मगर ड्रेस सञ्चालनमा ल्याएकी हुन् । बन्दीपुरमा अहिले ड्रेस भाडामा लिन पाउने पसल ४ वटा रहेको समेत उनलेे जानकारी दिइन् । खासगरी युवा पुस्ताकाे यसप्रति आकर्षण बढेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page