राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकी ९ काे सभापतिमा महत
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी ९ को वडा अधिवेशन आइतबार सम्पन्न भएको छ । शुक्ला गण्डकी नगरपालिका वडा नम्बर २ साँखरको टोल विकास संस्थामा सम्पन्न भएको अधिवेशनले अशोक महतको नेतृत्वमा ११ सदस्य वडा समिति गठन गरेकाे छ ।

समितिको उपसभापतिमा बसन्ती राउत , सचिवमा रविलाल पौडेल चयन भएका छन् । यस्तै समितिकाे सदस्यहरूमा सीता कार्की , आशिष शर्मा , दम बहादुर राना चयन भएका छन् । यस्तै अन्य पाँचजना सदस्य भूगोल र समावेशिताको आधारमा पछि मनोनित गरिने रास्वपाले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नगरसभापति हरिबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनलाई जिल्ला सभापति विश्व वास्तोला , केन्द्रीय सदस्य विकास सिग्देल , गण्डकी प्रदेश सदस्य शंकर पन्त विभिन्न पालिकाका अध्यक्षहरू लगायतले सम्बोधन गरेका पार्टीका म्याग्दे सभापति मनाेज अधिकारीले बताए ।
























