बन्दीपुरकाे बहिदार घर क्याफेमा काेदाे , मकैकाे पापड सहितको सबै परिकार अर्गानिक !

बन्दीपुरकाे बहिदार घर क्याफेमा काेदाे , मकैकाे पापड सहितको सबै परिकार अर्गानिक !


तनहुँकाे बन्दीपुर बजारमा रहेको बहिदार घर क्याफेमा पाइने सामान सबै अर्गानिक र आफ्नै उत्पादनका मात्रै रहेका छन् । बन्दीपुरका पहिलो प्रधानपञ्च परिवारकाे बहिदार क्याफेमा घर परिवारबाटै बनाइएको आलु चिप्स , विभिन्न किसिमका अचार , बर्थडे केक तथा अन्य बेकरीका परिकारहरू , चामलको पिठोकाे पापड , काेदाेकाे पापड , पाउरोटी लगायतका सामाग्री सबै अर्गानिक रहेको सञ्चालक सुजन श्रेष्ठले बताए ।

करिब १० वर्ष अगाडि देखि सञ्चालनमा आएकाे उक्त क्याफेमा सबै सामानहरू परिवारका सदस्यहरू बाटै उत्पादन एवम् निर्माण हुँदै आएकाे श्रेष्ठले जानकारी दिए । आफ्नाेमा उत्पादन भएका चिजहरू बन्दीपुरका ठुला हाेटलहरूमा लाने गरिएको भन्दै उनलेे
ओभन र मिक्चर लगायतका मेसिन बाट चिप्स , चकलेट बर्थडे केक सहितका परिकारहरू उत्पादन भएको बताए । यसले घरमा स्वराेजगार बनाएको समेत उनलेे बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page