दमौलीबाट दिनदाहडै पल्सर बाइक चाेर्ने व्यक्तिलाई तनहुँ प्रहरीले २४ घण्टा भित्र समात्याे

दमौलीबाट दिनदाहडै पल्सर बाइक चाेर्ने व्यक्तिलाई तनहुँ प्रहरीले २४ घण्टा भित्र समात्याे

दमाैलीबाट दिनदहाडै पल्सर बाइक चोरेर भाग्ने एक व्यक्तिलाई तनहुँ प्रहरीले २४ घण्टा भित्र समातेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बीरेन्द्र बहादुर शाहीको उत्कृष्ट अनुसन्धान र निगरानी तथा भाग्न सक्ने सम्भावित ठाउँहरूमा प्रहरी परिचालन र घेराबन्दीका कारण चाेरीमा संलग्न व्यक्तिलाइ २४ घण्टा भित्र पक्राउ गर्न प्रहरी सफल भएको हाे । चाेरीमा संलग्न आराेपमा पक्राउ पर्नेमा एक बालक रहेका छन् ।

निजलाई चोरी सम्बन्धी मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिरेन्द्र शाहीले बताए । बजारबाट बाइक हराएको सुचना पाउनासाथ प्रहरी परिचालन र उच्च निगरानी पश्चात् २४ घण्टा भित्र चाेरी भएको बाइक र संलग्न व्यक्तिलाई पक्राउ गरेको शाहीले जानकारी दिए ।

उनलाई प्रहरीले जिल्लाको व्यास नगरपालिका–१३ पोखरीभञ्याङमा फेला पारेको थियो ।
व्यास नगरपालिका–३ स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडी सडकमा पार्किङ गरी राखेको अवस्थामा ग १७ प ४६६ नंम्बरको पल्सर मोटरसाईकल चोरी भएको थियो । 
भानु नगरपालिका–९ निवासी श्याम खाती क्षेत्रीको नाममा दर्ता बजाज कम्पनीको उक्त मोटरसाइकल सहित भेटिएको हो । यस अगाडि पनि तनहुँ प्रहरीले अन्यत्रबाट चाेरी गरि जिल्लाकाे बन्दीपुर आसपास ल्याएका बाईक तथा चाेरीमा संलग्न व्यक्तिहरू पक्राउ गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page