तनहुँ प्रहरीकाे अर्को सफलता – गिरीकाे हत्यामा संलग्न शुक्ला र व्यासका ३ युवा २४ घण्टाभित्र पक्राउ

तनहुँ प्रहरीकाे अर्को सफलता – गिरीकाे हत्यामा संलग्न शुक्ला र व्यासका ३ युवा २४ घण्टाभित्र पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित टुडा जाने बाटोमा एक पुरुषको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं ७ टुडा निवासी २१ वर्षीय अमन गुरुङ, वडा नं ५ बेलचौतारा निवासी १८ वर्षीय रुपेश क्षेत्री र  व्यास वडा नं १२ छिर्कने निवासी १८ वर्षीय विजय गौतम रहेका छन्।

व्यास नगरपालिका स्थायी घर भई हाल भिमाद नगरपालिका वडा नं ८ बसोबास गर्दै आएका ५५ वर्षीय मंगल गिरीको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

बैशाख १ गते बिहान टुडा जाने बाटोमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा गिरिको शव फेला परेको थियो  ।

उक्त सूचना प्राप्त भएलगत्तै  इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँबाट खटिएका प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीका अनुसार गिरिलाई ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरिएको  प्रारम्भिक अनुसन्धानमा जनाइएको छ ।

उक्त घटना सम्बन्धमा बैशाख २ गते तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page