ऋषिङ गाउँपालिका मानव सेवामा
तनहुँको ऋषिङ गाउँपालिकाले कार्य विधी नै बनाएर मानव सेवामा लागेको छ । मानवमा लाग्ने जटिल रोगको उपचारमा आर्थिक सहायता दिने उदेश्यले पालिकाले कार्यविधी बनाएर मानव सेवा स्वरूप उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

त्यही कार्यविधि अनुसार भिमाद ५ मिछुर्लुङ मृगौला पिडित राजेन्द्र थापाको मृगौला प्रत्यारोपणका लागि ऋषिङ गाउँपालिकाले २० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मृगौला पिडित राजेन्द्र थापाको नीजी निवासमा पुगेर उक्त्त आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। पिडित थापाले पालिकाका अध्यक्ष श्रेष्ठलाइ आर्थिक सहयोगप्रति धन्यवाद व्यक्त्त गरेका थिए ।

























