शुक्लागण्डकी नगरपालिकाले सेती नदि किनारमा फाेहाेर फालेर जलाएको भन्दै स्थानीय धर्नामा
शुक्लागण्डकी नगरपालिकाले महिनाै देखी गल्छिना तल सेती नदिकाे किनारमा फाेहाेर फालेको ठाउँमा दैनिक आगाेले जलाउने गर्दा वातावरण प्रदुषण भएको भन्दै स्थानीय आन्दाेलित भएका छन् । वातावरण प्रदुषण भएर स्थानीयवासी घर टाेलमा बस्न नसक्ने भएपछि स्थानीय नगरपालिकामा आएर धर्नामा बस्ने लगायतका आन्दाेलनमा उत्रेका हुन् । नगरपालिकाले फालेको फाेहाेर जलाउने गर्दा गल्छिना देखी करिब ३ सय घर प्रतक्ष्य प्रभावित भएको , प्लास्टिकजन्य फाेहाेरकाे धुवाँले पर्यावरणमा असर परेको धर्नामा सहभागी करिम बक्स मियाले बताए । प्लास्टिकजन्य फाेहाेरहरू जलाउँदा स्वस्थ सँग बस्न नसकिएको भन्दै मियाले बालबालिका , बृद्धबृद्धा , सुत्केरी महिलाहरू लगायतलाई झनै ठुलो समस्या भएको बताए । धर्नामा सहभागी अर्का नवीन शेर्पाले माग पूरा नभएसम्म धर्ना जारी रहने बताए ।

यस्तै सहभागी गल्छिना टाेलका अध्यक्ष चन्द्र कुंवरले यसअघि पटकपटक भन्दापनी समस्याको समाधान नभए पछि बाध्य भएर नगरपालिकामा प्लास्टिकजन्य फाेहाेर सहित धर्नामा आउनुपरेकाे बताए ।

यस सम्बन्धमा शुक्लागण्डकी नगरपालिकाका अधिकृत नवराज पण्डितले यस बिषयमा नगरपालिका गम्भीर रहेको बताए । तत्कालका लागि नगरपालिकाले फाेहाेर व्यवस्थापन गरेको ठाउँमा अज्ञात समुहले आगलागी गर्दा समस्या भएको पण्डितले जानकारी दिए ।
























