म्याग्देका जनप्रतिनिधि , कर्मचारी तथा सराेकारवालालाइ ३ दिने क्षमता बिकास तालिम
म्याग्दे गाउँपालिकाकाे आयाेजना तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानकाे साझेदारीमा म्याग्देका जनप्रतिनिधि , कर्मचारी तथा सराेकारवालाहरूकाे लागि ३ दिवसीय क्षमता विकास तालिम सम्पन्न भएको छ । बिषय विज्ञवाट प्रशिक्षण भएको उक्त कार्यक्रममा ८५ जनाको सक्रिय सहभागीता रहेको थियो ।

कार्यक्रममा स्थानीय प्रशासन प्रमुख तथा कार्यक्रमका संयाेजक उदयनाथ खनाल , पुर्व सचिव रेश्मीराज पाण्डे , बरिस्ठ ईन्जिनियर ठाकुर राज पन्त , बरिस्ठ प्रशिक्षक विश्वरमण न्याैपाने , रक्षा मन्त्रालयका मधुरमण भट्टराई , स्थानीयका कृष्णचन्द्र ढकाल तथा कानुमलाल चाैधरीले प्रशिक्षण दिएका थिए ।

























