१ लाख राशिको प्रथम छाङ्गेली कप भलिबल प्रतियोगिता बैशाख २६ गतेदेखि हुने
१ लाख राशिको प्रथम छाङ्गेली कप भलिबल प्रतियोगिता बैशाख २६ गतेदेखि हुने भएको छ । छाङ युवा सञ्जाल म्याग्दे ४ र ५ काे आयाेजनामा हुने वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता गणेश माविको प्राङ्गणमा हुने कार्यक्रम संयाेजक गाैरब राज रानाले बताए । बैशाख २६ गते सुरु भइ २९ गते सम्पन्न हुने भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख १ हजार नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमलाई नगद ५० हजार ५ सयका साथै ट्रफी , मेडल र प्रमाणपत्र र सेमिफाइनलिस्टका दुई टिमलाई १५ हजार पुरस्कार राखिएको संयाेजक रानाले जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडी , स्पाइकर , सेन्टर , मिडल व्लकर , डिफेन्डर , सर्भर र काेचलाइ समेत विशेष पुरस्कारको व्यवस्था गरिएको आयाेजकले जनाएको छ ।

उक्त खेलमा दुई जना सम्म राष्ट्रिय खेलाडी राख्न पाइने र अन्य सबै खेलाडीहरू वडा भित्रकै हुनुपर्ने अन्यथा रद्द हुनसक्ने अध्यक्ष भक्तबहादुर गुरूङ ( निशान ) ले जानकारी दिए । २५ गतेसम्म टिमदर्ताकाे समय राखिएको प्रतियोगितामा दर्ता शुल्क ५ हजार रहेको खेल संयाेजक सन्तोष रानाले बताए ।

























