गर्मी बढेसँगै डुम्रे स्थित बन्दीपुर गार्डेन रिसोर्टमा स्विमिङ गर्ने बढे

गर्मी बढेसँगै बन्दीपुर गाउँपालिका वडा नं १ डुम्रे स्थित रिमाल्निमा रहेको बन्दीपुर गार्डेन रिसोर्टमा स्विमिङ गर्नेकाे संख्या ह्वात्तै बढेकाे छ । युवा व्यवसायी महेन्द्र शाहीले सञ्चालनमा ल्याएको उक्त रिसोर्टमा दैनिक सयौंको संख्यामा स्विमिङ गर्नकाे लागि मानिसहरू आउने गरेको शाहीले बताए । अन्य दिनको तुलनामा बिदाको दिनमा स्विमिङ गर्न मानिसहरू बढी आउने गरेको उनलेे जानकारी दिए ।

बजारको काेलाहल र राजमार्गको धुलो , धुवाँ भन्दा छुट्टै एकान्त वातावरणमा रहेको कारण पनि उक्त रिसोर्ट धेरै ग्राहकको राेजाइमा पर्ने गरेको छ । कम्पाउण्ड सहितको फराकिलो एरिया र हरियाली सुन्दर वातावरणमा रहेको उक्त रिसोर्टमा स्विमिङ गर्नका साथै बिवाह , वर्तबन्ध , बर्थडे लगायतका अवसरमा साना तथा ठुला पार्टी गर्न प्रयाप्त ठाउँ रहेकोले पनि मानिसहरू उक्त रिसोर्टमा आउने गर्दछन् ।

























