व्यासका मेयर न्याैपानेकाे विदेश भ्रमण माेह

व्यासका मेयर न्याैपानेकाे विदेश भ्रमण माेह

स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । वैदेशिक भ्रमण माेहमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्याैपाने समेत देखिएका छन् । स्थानीय तहका पदाधिकारी धेरै जान थालेपछि मन्त्रालयले कडाइ समेत गरेको अवस्था छ ।

व्यास नगर प्रमुख न्याैपाने हाल उरूग्वे भ्रमणमा छन् । उनलेे यस अघि नैँ थाइल्यान्ड , बेलायत , चीन , काेरिया , लगायत करिब आधा दर्जन देशकाे भ्रमण गरिसकेका छन् । नगर प्रमुख बिदेश भ्रमणमा जाँदा नगरपालिकाकाे खर्चमा जान्छन् कि आयाेजककाे खर्चमा , या आफ्नै खर्चमा भन्ने विषय नगरबासीकाे चासोकाे विषय बनेको छ । उनको पटकपटकको बिदेश भ्रमणले नगरको हितको लागि केकस्ताे सहयोग भएको छ भन्ने समेत नगरबासीकाे प्रश्न छ ।

यता यस सम्बन्धमा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशीराम गैरेसँग सम्पर्क गर्दा नगर प्रमुख बिदेश जाँदा नगरपालिकाकाे एक रूपया पनि खर्च नभएको बताए । हाम्रो खर्चले हाेइन , आयाेजककाे स्पन्सरमा भएको भ्रमण हाे प्रमुख गैरेले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page