जिल्ला प्रहरी कार्यालय तनहुँमा अब नागरिकले उजुरी र गुनासो क्युआर काेड मार्फत पठाउन सक्ने

जिल्ला प्रहरी कार्यालय तनहुँमा अब नागरिकले उजुरी र गुनासो क्युआर काेड मार्फत पठाउन सक्ने

जिल्ला प्रहरी कार्यालयमा अब नागरिकले उजुरी र गुनासो क्यूआर कोड मार्फत पठाउन सक्ने भएका छन् । प्रहरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शीका साथै नागरिकसँग राम्रो सम्बन्ध र सुशासन कायम राख्न प्रविधिमैत्री बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  बैशाख २३ गतेबाट लागु हुने गरी क्यूआर कोडको सुविधा मिलाइएको हाे । 


समय सापेक्षित प्रविधिलाई प्रयोगमा ल्याइएको र“यसले नागरिकलाई उजुरी र गुनासो पठाउन सहज हुने विश्वास गरिएको प्रहरीकाे भनाइ छ ।” सेवालाई प्रविधिमैत्री बनाएसँगै नागरिकले सेवा लिन झन्झटमुक्त र समयको सहि सदुपयोग गर्न सकिने प्रहरीले जनाएको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page