लायन्स क्लव अफ तनहुँ सत्यवती द्वारा बिद्यालयलाई स्टेचर सहयोग

लायन्स क्लव अफ तनहुँ सत्यवती द्वारा बिद्यालयलाई स्टेचर सहयोग

लायन्स क्लब अफ तनहुँ सत्यवतीले तनहुँकाे एक बिद्यालयलाई स्टेचर सहयोग गरेको छ । गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले उपलब्ध गराएको स्टेचर क्लवकी अध्यक्ष पवित्रा खनाल मार्फत व्यास ५ चिन्तुटारमा रहेको सुक्र आधारभुत बिद्यालयका प्रअ टिकाराम दाहाललाई हस्तान्तरण गरिएको हाे ।

व्यास ५ का अध्यक्ष हिमाल श्रेष्ठले त्यस वरपरका मानिसहरू बिरामी पर्दा तत्कालै आवस्यक पर्ने स्टेचर अभाव भएको जानकारी गराएपछि लायन्स क्लवले सहयोग गरेको क्लवकी अध्यक्ष पवित्रा खनालले बताइन् । स्टेचर सहयोगले काेही बिद्यार्थी वा अन्य वरपरका स्थानीय बिरामी पर्दा बाेकेर लान सजिलो हुने भन्दै सहयोगी संस्थालाई बिद्यालयका प्रअ दाहालले धन्यवाद दिएका थिए । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा पुर्व अध्यक्ष सुशीला शर्मा , अन्जना न्याैपाने तिमिल्सिना , सिम्रन शाही , शर्मिला गाैतम , लक्ष्मी श्रेष्ठ , रमा वराली , फुलमाया बतास , सुनिता चन्द लगायतको उपस्थिति रहेको थियो ।

क्लवले यसअघि पनि मातातीर्थ औँसीका दिन व्यास ५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा रहेका आमाहरूका लागि भोजन सहित खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page