प्रथम छाङ्गेली कप भलिबलकाे उपाधि शुक्लागण्डकी १२ काे ठकुरी समाजलाई

प्रथम छाङ्गेली कप भलिबलकाे उपाधि शुक्लागण्डकी १२ काे ठकुरी समाजलाई

१ लाख राशिको प्रथम छाङ्गेली कप भलिबलकाे उपाधि शुक्लागण्डकी १२ ले हात पारेको छ । तनहुँकाे म्याग्दे स्थित छाङ्ग युवा सञ्जाल वडा नं ४ र ५ काे आयाेजनामा साेमबार छाङ्गमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा शुक्लागण्डकी नपा वडा नं १ काे तमु प्रगतिशील अर्चले युवा क्लबलाई पराजित गर्दै ठकुरी समाज शुक्ला १२ ले उपाधि हात पारेको हाे । यस्तै प्रतियोगितामा सान्त्वना दुईवटा टिम म्याग्दे ५ र ६ हुन सफल भएको छ । प्रतियोगितामा प्रथम , द्धितीय तथा सान्त्वना हुने टिमले क्रमशः १ लाख १ हजार नगदका साथै ट्रफी , मेडल र प्रमाणपत्र , ५० हजार ५ सय नगद , ट्रफी , मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद १५ हजार मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी शुक्ला १२ का सञ्जु बिक्रम शाह , स्पाइकर शुक्ला १ का कमल विक , वेस्ट सेन्टरमा शुक्ला १२ का अशोक ठकुरी , मिडल व्लकरमा शुक्ला १२ का हिमाल सुनारी , डिफेन्डरमा शुक्ला १२ का मदन ठकुरी , सर्भरमा शुक्ला १ का नवीन महताे र काेचमा शुक्ला १२ का विवश थापा छनाेट सँगै पुरस्कृत भएका छन् ।
प्रतियोगितामा विमल राना , किसान थापा , शन्जित आले मुख्य रेफ्रीकाे भुमिकामा रहेका थिए ।

छाङ्ग युवा सञ्जालका अध्यक्ष भक्तबहादुर गुरूङ ( निशान ) काे अध्यक्षतामा भएको पुरस्कार वितरण एवम् समापन कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , सदस्य डाेलबहादुर सुनार , म्याग्दे गापा कार्यपालिका सदस्य जानकी थापा , काङ्ग्रेस नेता माेहन गिरी , सञ्जालका संस्थापक अध्यक्ष नरसिंह राना , खेल संयाेजक गाैरब राना , मिलन गुरूङ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा राष्ट्रिय तथा प्रदेश खेलाडीहरूलाइ सम्मान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page