दमाैलीमा फुटबल खेलमैदान नहुँदा युवाहरू आक्राेशित , वर्षाैंदेखी सबै प्रतियोगिता ठप्प
तनहुँको व्यास नगरपालिका–३ स्थित अनशन चाैतारी नजिकैको फुटबल खेल मैदान विभिन्न बाहानामा मासेपछी दमाैलीमा करिब सबै खाले प्रतियोगिता हुन सकेका छैनन् । दमाैली अस्पताल अगाडिको खेलमैदानलाइ पार्क बनाउने भन्दै व्यास नगरपालिकाले मासेपछी खेलमैदानलाइ बिपी बनबाटिका खेलमैदानमा सारिएको थियो । पहिला भइरहेको फुटबल मैदानमा ठुला ठुला प्रतियोगिता हुने गरेका र राष्ट्रिय खेलाडीहरू आउने गरेका हैरान्स क्लवका खेलाडी युवाहरू बताउँछन् । भाषण गर्ने मञ्च देखि चाैरकाे बिचभागबाट बाल उठाउने , गार्हो लगाउने जस्ता काम नगरपालिकाले गरेपछि फुटबल मैदान मासिएकाे हाे । नगरपालिकाले उक्त काम अगाडि बढाएको भए पनि याेजना अनुसार काम भने गरेको छैन र काम अलपत्र छ । जसले गर्दा त्यहाँ लगानी भएको बजेट समेत खेर गएको छ । खेलमैदान बचाउन हैरान्स क्लवले धेरै प्रयास गरेको क्लवका अध्यक्ष बिनाेद थापा बताउँछन् । चारैतिर घेरेर राख्यौं , मान्छे , गाडी हिँड्ने बाटो बन्द गर्याैँ , व्यवस्थित र शुन्दर खेलमैदान बनाउने अभियानमा लाग्याै , खबरदारी गर्याैँ , डेलिगेशन गयौं तर कतैबाट पनि साथ र सहयोग पाएनाैँ अध्यक्ष थापा सम्झन्छन् । नगरपालिकाले पार्ककाे अवधारणा ल्याएर काम अगाडि बढाएपछि बिपी बनवाटिका खेलमैदान बन्ला भन्ने आशमा दमाैली र यस आसपासका युवाहरू रहेपनी बर्षाैँदेखी अलपत्र रहेको देख्दा युवा खेलाडीहरूलाइ निराश मात्रै हाेइन आक्राेसित समेत बनाएको छ ।
उक्त खेलमैदान निर्माणधीन अवस्थामा रहेको प्याराफिटले गति लिन सकेको छैन् । पर्याप्त बजेट नहुँदा कछुवाको गतिमा निर्माण कार्य भइरहेको छ । विसं २०७६ साल साउन महिनादेखि निर्माण कार्य थालेको प्याराफिट र खेलमैदान निर्माण कार्य पूरा हुन नसक्दा दमाैलीमा फुटबल प्रतियोगिता आयाेजना हुन नसकेको मात्रै हाेइन , नयाँ खेलाडी उत्पादन पनि ठप्प छ ।
व्यास नगरपालिकाबाट गत दुई आर्थिक बर्षमा पन्ध्र÷पन्ध्र लाखका दरले रु.तीस लाख बजेट बिनियोजन गरेको थियो ।
करिब दुई सय ५० जना क्षमताको व्यवस्थित प्याराफिट निर्माण कार्य थालिएको बिपी बनबाटिका खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भुवन गोशालीले जानकारी दिए।
प्याराफिट र खेल मैदानका लागि आवश्यक पर्ने बजेट बिनियोजन नहुँदा निर्माण कार्यमा ढिलाई भएको बताइएको छ । चालु आर्थिक बर्षमा रु.दश लाख बिनियोजन भएकाले छिट्टै खेल मैदानमा माटो फिलिङग र पानी फ्लो गर्ने कार्य अघि बढाइने भनिएपनी अहिलेसम्म प्रगति देखिएको छैन । “जिल्ला खेलकूद विकास समिति,गण्डकी प्रदेश सरकार कतैबाट बजेट नआउनुले पनि कामले गति लिन सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेल,साँसद शंकर भण्डारी,साँसद कृष्णकुमार श्रेष्ठ लगायतका केन्द्र , प्रदेश र स्थानीय तहका नेताबाट आश्वसन पाएपनि सहयोग नमिलेको निर्माण समितिले बताएको छ । उक्त खेलमैदानमा माटो फिलिङ्ग गरी दुवो उमार्ने योजना रहेको र लम्बाइ ११० मिटर र चौडाइ ८० मिटर दूरीकाे खेलमैदान रहने बताइएको छ ।

























