देवघाटमा बालमैत्री स्थानीय शासन सम्बन्धी दुईदिने तालिम सम्पन्न

देवघाटमा बालमैत्री स्थानीय शासन सम्बन्धी दुईदिने तालिम सम्पन्न

देवघाट गाउँपालिकाको आयोजना तथा सामाजिक बिकास कार्यालय तनहुँको समन्वयमा दुई दिने बालमैत्री स्थानीय शासन सम्बन्धी तालीम सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले सहभागी प्रशिक्षार्थीहरुलाई बालबालिका समाजको लिडर भएको हुँदा टोलटोलमा बालमैत्री बाताबरण निर्माण गर्न सकृय हुनुपर्ने बताए । बाल बिवाह, बालमजुर तथा बाल स्वास्थ्य सम्बन्धि कतिपय सुचक पूरा गर्न वडा समिती, वडा स्तरीय बालमैत्री समिती,स्वास्थ्य क्षेत्र र विद्यालय सक्रियतापुर्वक लागेर गाउँपालिकालाई बालमैत्री बनाउने आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको अध्यक्ष थापाको भनाइ थियो ।

कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङले बालमैत्री स्थानीय शासन सम्बन्धि शिक्षक र टाेलबिकास संस्थाहरूले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । यस्तै कार्यक्रममा सामाजिक बिकास कार्यालय तनहुँका प्रमुख बिदुरहरी आचार्यले सबै निकायले बालमैत्री शासन पद्धति अबलम्बन गर्नुपर्ने बताए ।
देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर आलेमगर,देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकी लगायतले मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङ,सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं स्वास्थ्य क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको थियो

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page