आँबुखैरेनीबाट लागु औषध सहित एक युवा पक्राउ

आँबुखैरेनीबाट लागु औषध सहित एक युवा पक्राउ

तनहुँकाे आँबुखैरेनीबाट लागु औषध सहित एक युवा पक्राउ परेका छन् ।
आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं. ४ बस्ने वर्ष २९ को जय कुमार बल रहेका छन् ।

उनले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा TRAMADOL लेखिएको जम्मा ४१० क्याप्सुल नियन्त्रित लागु औषध सहित फेला परेको र हाल निजलाई थप अनुसन्धान कार्य भईरहेको आँबुखैरेनी प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page