तनहुँकी स्रष्टा नारायणी अधिकारी प्रथम
तनहुँकी स्रष्टा नारायणी अधिकारी प्रथम
गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगितामा तनहुँकी स्रष्टा नारायणी अधिकारी प्रथम भएकी छन् ।
गैडाकोट नगर प्रज्ञाप्रतिष्ठानले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानकाे सभाहलमा गरेको गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगितामा अधिकारी प्रथम भएकी हुन् ।

कविता प्रतियोगितामा प्राप्त भएका ५२ कविता मध्ये वाचनका लागि १२ वटा कविता छनौटमा परेका थिए। उक्त १२ कविताहरू अन्तिम चरणको वाचन प्रतियोगितामा तनहुँकी साहित्यिक स्रष्टा नारायणी अधिकारी प्रथम, त्यसैगरी तनहुँकै रामलाल कुमाल द्वितीय, गोरखाका शून्य नयन तृतीय भएका छन् भने वाग्लुङका रामचन्द्र शर्माले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्।
बरिष्ठ कवि गोविन्द विनोदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीकाे प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्राध्यापक, कवि एवं साहित्यकारहरुको उपस्थिति रहेको थियो। जसमा प्राडा नारायण प्रसाद खनाल,कवि लकास पौडेल,प्रा डा मतिप्रसाद ढकाल, वरिष्ठ कलाकार भीम शर्मा,रामहरी शर्मा , साहित्यकार सरस्वती शर्मा रिजाल, महाकाव्यकार केशवराज आमोदी, सूर्य रेग्मी, जगन्नाथ पण्डित, प्रकाश चापाई लगायतको उपस्थिति थियो। केही कविले कविता वाचन पनि गर्नु भएको थियो। उक्त अवसरमा कवि तथा गीतकार मुकुन्द पौडेलले गणतन्त्र दिवसको सन्दर्भलाई जोडेर कविता वाचन गर्नु भएको थियो।

























