सुन्दरबजारमा रातो च्याउको पाउडरको व्यवसायिक उत्पादन सुरु हुँदै

सुन्दरबजारमा रातो च्याउको पाउडरको व्यवसायिक उत्पादन सुरु हुँदै


कृषि ज्ञान केन्द्र लमजुङको अनुदानमा सुन्दरबजार ७ का एक किसानले राताे च्याउको पाउडरको व्यवसायिक खेती र उत्पादन सुरु गर्न लागेका छन् ।हाम्रो कोशेली उद्योग मार्फत बहुउपयोगि च्याउको पाउडरको व्यवसायिक खेती र उत्पादन सुरु गर्न लागेका बताइएको छ ।
उक्त व्यवसायीक खेतीकाे खाद्य डिभिजन तनहुँबाट अनुगमन भएको छ । यसदेखि खाद्य डिभिजन कार्यालयले गर्नुपर्ने वार्षिक नमूना संकलनको कार्य समेत सम्पन्न गरेको छ, सो नमूना संकलनले उद्योगले बजारमा पठाएका खाद्य सामाग्रीको गुणस्तर कस्तो रहेको छ, र विक्रेताले ती खाद्य सामाग्रीलाई कसरी भण्डारण र विक्री गरेका छन् त्यसको मिहिन अनुगमन निरीक्षण गरिने कार्यलय प्रमुख ज्याेती आचार्यले बताए ।

कार्यालयले बार्षिक २ सय टार्गेट भएकोमा २ सय २० त्यस्ता नमूना संकलन गरेको आचार्यले बताए । असारमा मात्रै ३० बढी नमूना संकलन गरेर जाँच विश्लेषणको लागि प्रेषित गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष थापा मगरले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page