सम्पादक नहर्की सम्मानित
तनहुँ, असार २४ गते
तनहुँ प्रेस डटकमका सम्मादक अमरराज नहर्कीलाई व्यास नगरपालिकाले मङ्गलबार सम्मान गरेको छ ।
पत्रकारिता क्षेत्रबाटव्यास नगरपालिकाको समग्र विकास अभियानमा आर्थिक वर्ष २०८१÷०८२ को उत्कृष्ट समाचार सम्प्रेषण गरे बापत ४३ औं नगर सभाबाट नगद दश हजार सहित सम्मान गरेको हो । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले सयुक्त रुपमा सम्मानपत्र, नगद प्रदान गरी दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

आमसञ्चार पत्रकारितमा स्नाकोत्तर गर्नु भएका नहर्की विगत दुई दशक अघि देखि पत्रकारितमा क्रियाशिल हुनुहुन्छ । पत्रकार नहर्कीले नेपाल सरकार शिक्षा मन्त्रालय तथा नेपाल पत्रकार महासङ्घले सयुक्त रुपमा प्रदान गर्ने, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, शिक्षा लेखन वृद्धि पुरस्कार, नेपाल तरुणदलले प्रदान गर्ने तरुण पत्रकारिता पुरस्कार, एपिक म्यूजिक अवार्ड, जयप्राप्ति म्यूजिक अवार्ड लगायत दजनौं पुरस्कार पाईसक्नु भएको छ । पत्रकार नहर्की प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष हुनुुहुन्छ ।


























