अनुगमन टाेलीलाइ तथानाम गाली गरेको भन्दै उद्योग वाणिज्य संघद्धारा भत्र्सना
दमौली १३ ,साउन
व्यास नगरपालिका वडा नं ३ स्थित पिन्टु किराना पसलका सञ्चालकद्धारा व्यास नगरपालिकाको अनुगमन टोली माथि भएको दुव्र्यवहार प्रति तनहुँ उद्योग वाणिज्य संघले भत्र्सना गरेको छ ।

संघका अध्यक्ष बैकुण्ठ मिश्रले एक विज्ञप्ती जारी गरी सो घटनाको भत्र्सना गरेका हुन् ।जारी विज्ञप्तीमा अनुगमन टोलीमाथि गाली गलौज गर्नु अवाञ्छित कार्य भएको समेत उल्लेख गरिएको छ । व्यवसायीहरु माथि कुनै किसिमको अन्याय भएको खण्डमा संघमा सम्र्पक गर्न समेत अध्यक्ष मिश्रद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

























