बेलबासका कमलेस चन्द रहस्यमय बेपत्ता प्रकरण ,थप एक सहित ६ जना पक्राउ
ब्यास नगरपालिका वडा नं १३ बेलवासका कमलेस चन्द ठकुरी ऋषिङ १ झापुटारबाट साउन ७ गतेदेखि वेपत्ता भएकाे घटनामा आज थप १ युवा पक्राउ परेका छन् । यससँगै हालसम्म पक्राउ पर्नेकाे संख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए । जिल्लाको ऋषिङ्ग गाउँपालिका वडा नं १ झापुटारबाट साउन ७ गते रातीदेखि २६ बर्षीय कमलेस चन्द रहस्यमय तरिकाले बेखबर बनाएको आरोपमा पक्राउ परेका बिरुद्ध किटानी जाहेरी दर्ता भएको छ । चन्दका परिवारले जिल्ला प्रहरी कार्यालयमा गएर बेपत्ता सम्बन्धी कसूरमा उनीहरु बिरुद्ध किटानी जाहेरी दिएका हुन् । चन्द बेखबर भएको र उक्त घट्नामा ती व्यक्तिहरुको संलग्न रहेको पाइएपछि जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यता घटना रहस्यमय बन्दै गएपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट टेक्निकलसहितको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा तीन जना प्रहरी दमौली आएकाे छ ।

स्थानीय , प्रहरी तथा आफन्तहरूले उनको खाेजी तिव्र बनाएपनी अहिलेसम्म भेटिएको छैन । उनी जिवित छन् या छैनन् भन्ने पनि यकिन छैन । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धानलाइ तिव्र बनाएको छ ।
कमलेसका बुवा दिलबहादुर चन्दका अनुसार ७ गते रातिदेखि झापुटारबाट छाेराे हराएको हाे । मेरो छाेराेकाे कि लास कि सास चाहियो , त्यसकै लागि प्रहरी कार्यालयमा न्याय माग्न आएका हाैं , जिल्ला प्रहरी कार्यालय अगाडि उनलेे भने । छाेराेलाइ केही युवाहरूले लखेटेर रहस्यमय तरिकाले बेपत्ता बनाएको उनलेे बताए । कसैले ढुंगा हान्ने कसैले धारिलो हतियार प्रहार गर्ने भन्ने सुन्नमा आएकाे छ यसको निस्पक्ष छानबिन गरि दाेषिलाइ कडा कारबाही हुनुपर्दछ उनलेे भने ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा घटना सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । हामीले विभिन्न ठाउँबाट ६ जना संकास्पद युवाहरूलाई नियन्त्रणमा लिएका छाैँ उनलेे भने । यस्तै दुइजना युवतीहरू पनि अनुसन्धानकाे दायरामा रहेको डिएसपी थापाले बताए ।
























