ऋषिङ्गमा भदौ ८ गते तीज गीत प्रतियोगिता हुने

ऋषिङ्गमा भदौ ८ गते तीज गीत प्रतियोगिता हुने

महिलाहरूकाे महान् पर्व हरितालिका तीजको अवसरमा ऋषिङ्ग गाउँपालिकाकाे आयाेजनामा यही भदौ ८ गते आइतबार ऋषिङ्ग गाउँपालिका वडा स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । ऋषिङ्ग ६ ढुङ्गाडे पार्कमा बिहान १० बजेबाट प्रतियोगिता सुरु हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार , द्धितीय पुरस्कार १५ हजार , तृतीय पुरस्कार १० हजार र सहभागी पुरस्कार ४ हजार र प्रमाणपत्र रहेको छ । ऋषिङकाे बिकासमा पुर्व र वर्तमानको अवस्था , संघीयतामा महिलाहरू काे भुमिका शिर्षकमा प्रतियोगिता हुन लागेको ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले बताए । प्रतियोगितामा सहभागी हुने टिमले ७ गते कार्यालय समयभित्र समूह दर्ता गर्नपर्ने र एउटा समुहमा बढीमा १० जना सहभागी गर्न पाउने श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा एक समुहले बढीमा १० मिनेटको समय पाउने , वाद्यबादनमा महिला हुनुपर्ने , स्थानीय कला संस्कृति झल्काउने पाेषाकलाइ प्राथमिकता दिइने गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page