रास्वपा सभापति लामिछानेको मुद्दाको सुनुवाइ सकियो , आजै आदेश आउने सम्भावना

रास्वपा सभापति लामिछानेको मुद्दाको सुनुवाइ सकियो , आजै आदेश आउने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ भर्खरै सकिएको छ । निवेदनमाथि सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ ।

सहकारी ठगी र सङ्गठित अपराध मुद्दाको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनमाथि न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाइ सकिएको हो ।

निवेदन उपर लामछिाने र सरकारी वकिलको तर्फबाट बहस सकिएपछि सुनुवाइ सकिएको हो । अब लामिछानेलाई थुनामै राख्ने कि धरौटीमा छोड्ने भन्ने आदेश आउनेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैङ्क जमानत लिई ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै उनले साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले बिगो बराबरको रकम बैङ्क ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका छन् । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page