ऋषिङ अन्तर विद्यालय तीज गीत प्रतियोगितामा बालविकास मावि भिरकाेट प्रथम

ऋषिङ अन्तर विद्यालय तीज गीत प्रतियोगितामा बालविकास मावि भिरकाेट प्रथम

नारीहरूकाे महान पर्व हरितालीका तीजको अवसरमा ऋषिङ गाउँपालिका अन्तर्गत अन्तर विद्यालय तीज गीत प्रतियोगिता शिव सरस्वती माध्यमिक विद्यालयकाे प्राङ्गण ऋषिङमा सम्पन्न भएकाे छ । प्रतियोगितामा बालविकास मावि रिसिङ ४ भिरकोट प्रथम , शिव सरस्वती मा वि रिसिङ समूह घ द्वितीय ,बालशिक्षा निकेतन मावि तृतीय र श्रृङ्ग मावि गोठादी समूह क सान्त्वना भएका छन् । विजय समूह तथा सहभागी समूहलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल महिला सङ्घ जिल्ला कार्य समिति तनहुँका सभापति पवित्रा पौडेलले नगद तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
सोही अवसरमा शैक्षिक सत्र २०८१ मा अध्ययनरत कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रमको समेत आयोजना गरिएको थियो भने आधारभूत तह कक्षा( १ -५ ) छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति सदस्य यमुना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा काङ्ग्रेस नेतृ कल्पना पोखरेल,जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्ले , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठ, वि व्य स सदस्य मथुराकृष्ण श्रेष्ठ ,सिता आले , दलबिर बि क , छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि आमा समूहका पदाधिकारी , अभिभावक एवम् कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको उपस्थित रहेको थियो।

कार्यक्रममा रिसिङ गाउँपालिका अन्तर्गत बालविकास माध्यमिक विद्यालय भिरकोट, श्रृङ्ग मा वि गोठादी ,महेन्द्रदोय मा वि रामजाकोट ,बाल शिक्षा निकेतन मा वि पल्ट्याङ,राष्ट्रिय आधारभूत विद्यालय बारबिसे,सरस्वती विद्यालय चवादी ,धर्म आधारभूत विद्यालय पुरानोरिसिङ,अमर आधारभूत विद्यालय अर्खलछाप र शिव सरस्वती मा.वि गरी १५ समूहको १०७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियाे। कार्यक्रममा रिसिङ गाउँपालिका पशु शाखा प्रमुख पूजा खड्का संयाेजक, ऋषिङ गाउँपालिका शिक्षा शाखा प्रा स विनोद बराल र रिसिङ गाउँपालिका सांस्कृतिक समूहका सदस्य विष्णुबहादुर झेडीसहित तिन सदस्ययी निर्णायक मण्डल रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङका शिक्षिकाहरुले स्वागत नृत्य साथै कार्यक्रम सञ्चालन आधारभूत तह संयोजक मेनुका सारुले गरेकी थिइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page