व्यास माेटरसाइकल व्यवसायी समितिकाे अध्यक्षमा सुमन



व्यास माेटरसाइकल व्यवसायी समितिकाे प्रथम अधिवेशन सनिवार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले सुमन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनबाट उपाध्यक्षमा युवराज भण्डारी , सचिवमा रनिल राेका , काेशाध्यक्षमा नवीन त्रिपाठी र सहसचिवमा निशान प्रधान चयन भएका छन् ।
यस्तै समितिकाे सदस्यहरूमा राजिन पाैडेल र समि कुमार श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनकाे निर्वाचन संयाेजकमा अधिवक्ता विष्णु हड्खले र सदस्यहरूमा सराेज भण्डारी तथा वसन्त जि सि रहेका थिए ।
यस अगाडि भएको कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गर्दै दर्ता भएको छाेटाे समयमै व्यास माेटरसाइकल व्यवसायी समितिले संगठित भएर अगाडि बढेको देख्दा खुसी लागेको बताए । समितिले आउँदा दिनमा समाजमा रचनात्मक काम गर्दै अगाडि बढेमा वडा कार्यालय तथा आफ्नाे तर्फबाट सहयोग रहने श्रेष्ठले बताए । कार्यक्रममा वडा नं ४ का वडा सदस्य सराेज भण्डारीले व्यवसायीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारी , जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका असइ उमेश बस्नेत , झनकनारायण श्रेष्ठ , टीका गिरी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठ जेकेकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष वसन्त गिरीले र सहजीकरण सचिव सुमन श्रेष्ठले गरेका थिए । उक्त अवसरमा सदस्य व्यवसायीहरूलाइ सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो ।

























