ऋषिङमा आइतबार हुने तीज गीत प्रतियोगितामा मन्त्री न्याैपाने आउने

ऋषिङमा आइतबार हुने तीज गीत प्रतियोगितामा मन्त्री न्याैपाने आउने

ऋषिङ्ग गाउँपालिकाको आयोजनामा नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा खुला तीज गीत प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिताकाे प्रमुख अतिथीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने रहने कार्यक्रम रहेको छ ।

गाउँपालिकाले आइतबार गर्ने वडास्तरीय खुला तीज गीत प्रतियोगितामा मन्त्री न्याैपानेकाे सहभागीता रहने भएको हो । ऋषिङ –६ ढुङ्गाडे पार्कमा हुने सो प्रतियोगितामा प्रत्येक वडाबाट बढीमा दुई समुह छनोट हुने गरी सहभागिताको लागि आग्रह गरिएको छ । गाउँपालिका कार्यालय वा वडा कार्यालयमा शनिबारसम्म समुह दर्ता गराउन पालिकाले आग्रह गरेको छ भने दर्ता शुल्क निशुल्क रहेको जनाइएको छ । प्रतियोगितामा प्रथम हुने समुहले प्रथम पुरस्कार रु. २० हजार,द्वितिय पुरस्कार रु. १५ हजार,तृतिय पुरस्कार रु.दश हजार र प्रमाणपत्र र सहभागी पुरस्कार रु.चार हजार रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page