तनहुँमा विविध कार्यक्रमका साथ निजामती सेवा दिवस मनाइयो

व्यवसायीक र सिर्जनशील प्रशासन , बिकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ तनहुँमा विविध कार्यक्रम गरी निजामती सेवा दिवस मनाइएको छ । निजामती सेवा दिवस मुल समारोह समितिकाे आयाेजनामा आइतबार दमाैलीमा भएको प्रभातफेरी सहितको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले व्यानर पढेर कार्यक्रमकाे उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , कर्मचारी ट्रेड युनियनका अध्यक्ष रामहरि खनाल लगायतले कार्यक्रमकाे महत्त्व , यसको पृष्ठभूमि र सफलताको शुभकामना व्यक्त गरेका थिए ।



उक्त अवसरमा मैत्रीपुर्ण फुटबल बाट बिजयी टिमलाई पुरस्कार तथा कार्यक्रम सफल बनाउन खटिने कर्मचारीलाई सम्मान एवम् सेवानिवृत्त कर्मचारीहरूलाइ सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा सहायक प्रजिअ जितबहादुर भण्डारी , जगन्नाथ आचार्य , सुकदेव रेग्मी , कृष्णप्रसाद बस्याैला , केशवप्रसाद पाैडेल , सावित्रा पाण्डे , माेहन सिंह खड्का , बासुराज दाहाल , ऋषिराम वाग्ले , पुर्णबहादुर नेपाली लगायतका रहेको भएपनि उपस्थित सेवानिवृत्त कर्मचारीलाई मात्रै सम्मान गरिएको थियो । त्यसअघि दिवसकै अवसरमा वृक्षारोपण , जेष्ठनागरिक आश्रममा सहयोग , स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरू गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।


कर्मचारी मिलन केन्द्रका अध्यक्ष बिजय कुमार सिंहले स्वागत गरेको कार्यक्रमकाे सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीले सहजीकरण गरेका थिए ।
























