मालपोत कार्यालय तनहुँ साेमबार देखि खुल्ने
जिल्ला मालपोत कार्यालय तनहुँ साेमबार देखि खुल्ने भएको छ । जेनजी आन्दोलनको क्रममा ताेडफाेड र आगजनीमा मालपोत कार्यालय पनि परेको थियो । आन्दाेलनकाे क्रममा तीनवटा स्कुटर र एउटा प्राइभेट माेटरसाइकल पुर्ण रूपमा जलेको थियो भने कार्यालयकाे सवारीसाधन समेत ताेडफाेडमा परेको थियो ।

यस्तै कार्यालयमा आगलागी भएको र उक्त आगाेलाई समयमै नियन्त्रणमा लिन सफल हुँदा ठुलो क्षति हुन पाएको थिएन । स्थानीय , टाेलछिमेक , लेखापढि व्यवसायी र कर्मचारीहरूले उक्त आगाे समयमै निभाउँदा साइडबाट दन्किएकाे आगाे नियन्त्रणमा आएकाे थियो । जसको कारण कार्यालयकाे मुख्य भवन र अभिलेखहरू जल्न पाएकाे थिएन । आगाेले बिजुलीको तार नष्ट भएको र नयाँ वयरिङ गर्नुपर्ने अवस्था भएको छ । यस्तै अत्याधिक ताेडफाेडमा परेका कारण ढुंगा , इट्टा , शिसा लगायतको सरसफाइ भइरहेको र जतिसक्दो छिटो कार्यालय सञ्चालनमा ल्याउने प्रयास भइरहेको मालपोत कार्यालयले जनाएको छ । ठुलो क्षति छैन तर भित्री क्षति छ त्यसको व्यवस्थापन आज र भाेलीमा सक्यौं भने साेमबार बाट कार्यालय सुचारु हुन्छ कार्यालय प्रमुख केशवराज सुवेदीले भने । माथिबाट कार्यालय सञ्चालनकाे लागि अनुमती आएर सिस्टम अपडेट भए पछि हामी काम थाल्छाैँ सुवेदीले भने ।

























