तनहुँ सहित लमजुङ र गाेरखामा खाद्यकाे अनुगमन ,ठुलो मात्रामा अखाद्य बस्तु नष्ट

तनहुँ सहित लमजुङ र गाेरखामा खाद्यकाे अनुगमन ,ठुलो मात्रामा अखाद्य बस्तु नष्ट

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले चाडपर्व लक्षित बजार अनुगमन कार्यलाई तीब्र पारेको छ । कार्यालयका अनुसार तनहुँ,गोरखा र लमजुङ जिल्लाका विभिन्न खाद्य तथा उद्योगहरुको अनुगमन दैनिक रूपमा गरिएको हो । असोज ७ गते लमजुङ वेशीँशहरका बेकरी, आइसक्रिम तथा पानी उद्योग, असोज ८ गते तनहुँ जिल्ला डुम्रे बजारका १५ बढी पसल, होटलहरू र असोज ९ गते गोरखा जिल्ला सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका क्षेत्रमा अनुगमन गरिएको हो । बजार अनुगमनमा गोरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल,पालिका उपाध्यक्ष र उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, खाद्य डिभिजन दमौली, पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख, इलाका प्रहरी कार्यालय, संचारकर्मीसहितको सहभागिता रहेको थियो । बजार अनुगमनका क्रममा ४० वटा खाद्य नमूना संकलन गरिएको खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यले जानकारी दिए। आचार्यका अनुसार डुम्रेको एउटा केक पसल संचालकले कमसल कच्चा पदार्थ प्रयोग गरेको पाइएकाले बन्दिपुर गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ समेतको रोहवरमा खाद्य ऐन बमोजिम मुद्दा प्रक्रिया अघि बढाइएको छ । 

गोरखाका दुई व्यवसाय संचालकलाई सहायक प्रजिअ बरालबाट जरीवाना समेत भएको छ । अन्दाजी ५० हजार बराबरका खान अयोग्य म्याद नाघेका सामाग्री नष्ट गरिएको डिभिजन प्रमुख आचार्यले बताए । कार्यालयले उपभोक्ता पनि सचेत भइ सामग्री खरीद गर्न आग्रह गर्दै गुणस्तरमा ह्रास नआउने गरी खाद्य पदार्थको सूरक्षित भण्डारण गर्न समेत व्यवसायीलाई आग्रह गरेको छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page