चिटिक्क पारियो लियो प्रतीक्षालय !

चिटिक्क पारियो लियो प्रतीक्षालय !

व्यास–०१, विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसको मुख्य गेट अगाडि रहेको लियो प्रतीक्षालय चिटिक्क पारिएको छ । लियो क्लब अफ तनहुँका सदस्यहरूद्वारा रंगरोगन गरेर प्रतिक्षालयलाइ चिटिक्क पारिएकाे हाे ।

लियो क्लब अफ तनहुँको लायन वर्ष २०२१/२२ को तत्कालीन अध्यक्ष लियो सुनिल मिश्रको नेतृत्वमा स्थापित गरिएको यस प्रतीक्षालय क्लबको एउटा हस्ताक्षर परियोजना (Signature Project )को रूपमा रहँदै आएको छ।

विद्यार्थी तथा आसपासका बासिन्दाहरूलाई आराम गर्ने उद्देश्यले निर्माण गरिएको यस प्रतीक्षालयलाई व्यास नगरपालिका, लायन्स क्लब अफ तनहुँ र आदिकवि भानुभक्त क्याम्पसको विशेष सहयोग रहेको छ ।

विजया दशमीको शुभ अवसर पारेर प्रतीक्षालयलाई थप आकर्षक देखाउन रंगरोगन गरेर चिटिक्क पारिएको लियो क्लब अफ तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page