दशैँको अवसर पारेर रोट्रयाक्ट क्लब अफ दमौलीले मानुङकोटमा गर्याे ‘चङ्गा चैट कार्यक्रम’

दशैँको अवसर पारेर रोट्रयाक्ट क्लब अफ दमौलीले मानुङकोटमा गर्याे ‘चङ्गा चैट कार्यक्रम’

दशैँको अवसर पारेर रोट्रयाक्ट क्लब अफ दमौलीले व्यास–५ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मानुङकोटमा ‘चङ्गा चैट कार्यक्रम’ सम्पन्न गरेको छ।

चङ्गा उडाएर रमाउने संस्कृति हराउँदै गएको अवस्थामा यस कार्यक्रमलाई परम्परा पुनःस्थापना गर्ने र युवापुस्तामा सामाजिक एकता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। 

 पछिल्ला वर्षहरूमा युवापुस्ताको रुचिमा नपरेका कारण चङ्गा उडाउने परम्परा बिस्तारै हराउँदै गएकाले संस्कृतिको निरंतरताका लागि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष गोविन्द तिमल्सिनाले बताए । परम्परालाई जीवित राख्न र नयाँ पुस्तामा आकर्षण बढाउन क्लबले हरेक वर्ष चङ्गा चैट कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।दशैँको माहोलमा चङ्गा उडाउँदै संस्कृति जोगाउनु मात्र होइन, आपसी सम्बन्ध मजबुत बनाउन पनि यो कार्यक्रम निकै महत्वपूर्ण बनेको छ उनले भने ।”

यस वर्ष पनि चङ्गा चैटमा  उत्साहजनक  सहभागिता रहेको कार्यक्रमका संयोजक करण नेपालीले जानकारी दिए ।सो अवसरमा स्थानीयवासी र क्लबका सदस्यहरूले चङ्गा उडाएर रमाइलो गरेका थिए । साथै सहभागीहरूले दशैँको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव साटासाट गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page