कन्काइ ग्लाेवलकाे दशैं उत्सव सप्ताह , मेरो बचत मेरो भविस्य अभियानमा खुत्रुके वितरण

नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा व्यास ४ दमाैलीमा रहेको कन्काइ ग्लाेवल एकेडेमीले व्यवहारिक र संस्कारी शिक्षा कार्यक्रम अन्तर्गत “मेरो बचत मेरो भविष्य” अभियान अन्तर्गत विद्यार्थीहरू लाई खुत्रुके वितरण गरेको छ । विगत ३ वर्षदेखी थालनी गरिएको खुत्रुके वितरण कार्यक्रम यस वर्ष पनि टिका, जमरा र आशीर्वादका साथ विभिन्न कक्षामा अध्ययनरत बालबालिकालाई खुत्रुके वितरण गरी सम्पन्न गरिएकाे बिद्यालयले जनाएको छ ।


दशैंमा बाबु–आमा, हजुरबा–हजुरआमाका साथै आफन्तजनहरूको हातबाट टिका, जमरा र आशिर्वादका साथै दक्षिणा पनि प्राप्त गर्ने प्रचलन छ र सो प्राप्त रकम केवल खर्च मात्र होइन, बचत गर्न पनि जान्नुपर्छ भन्ने कुरा सिकाउन विद्यालयले “मेरो बचत मेरो भविष्य” अभियान सन्चालन गरेको हो।

यस प्रकारका कार्यक्रममार्फत बालबालिकामा बचत गर्ने बानी र जिम्मेवारीबोध विकास गरिरहेको छ। प्रारम्भमै बचत र जिम्मेवारीको शिक्षा पाएपछि बालबालिकाको भविष्य उज्ज्वल, सुरक्षित र सफल बन्नेमा पूर्ण विश्वास गरिएको बिद्यालयका प्रवन्ध निर्देशक मिलन गाेदारले बताए ।
























