झुल बहादुर आले स्मृति प्रतिष्ठान द्वारा असहाय तथा मानसिक अपांगता भएकालाई खाद्यान्न वितरण

झुल बहादुर आले स्मृति प्रतिष्ठान द्वारा असहाय तथा मानसिक अपांगता भएकालाई खाद्यान्न वितरण

झुल बहादुर आले स्मृति प्रतिष्ठानले ऋषिङ गाउँपालिका–७ का असहाय तथा मानसिक अपाङ्गता भएकाहरुलाई खाद्यान्न वितरण गरेको छ । प्रतिष्ठानले दसैको अवसर पारेर ६ जनालाई खाद्यान्न वितरण गरेको प्रतिष्ठानका अध्यक्ष एवम् स्वर्गीय झुलबहादुर आलेका कान्छा छाेरा कमल बहादुर आलेले बताए । 

उनीहरुलाई २९ हजार रुपैया बराबरको सहयोग गरिएको उनलेे जानकारी दिए । संविधानसभा सदस्य स्वर्गीय झुलबहादुर आलेको योगदानलाई चीरस्थायी बनाउन झुलबहादुर आले स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । सोही प्रतिष्ठानबाट सामाजिक कामलाई निरन्तर अगाडी बढाइएको अध्यक्ष आलेले बताए । प्रतिष्ठानले यसअघि पनि विभिन्न समयमा विभिन्न व्यक्तिहरूलाइ सहयोग गर्दै आएकाे छ ।
यस्तै प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले व्यक्तिगत रुपमा ‘नेपालमा ऋषिङको परिचय’ नामक पुस्तक प्रकाशन गर्न लागेका छन् । पुस्तकमा ऋषिङको ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरुको बारेमा समेटिने भएको छ । पुस्तक प्रकाशित गरी विक्री हुने रकमबाट ऋषिङ गाउँपालिकाभित्र रहेका असहाय नागरिकको व्यवस्थापन गर्ने लक्ष्य राखिएको आलेले बताए । उनले भने, “पालिकाका सबै वडामा रहेका असहाय ज्येष्ठ नागरिक र सहाराविहिन बालबालिकालाई साहारा दिने लक्ष्य राखेको छ । पुस्तक विक्री गरी आउने रकम कोष बनाएर वार्षिक रुपमा नै सहाराविहिनलाई आश्रयस्थलको व्यवस्था गर्नेछु ।”
 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page