सरकारी सवारीसाधन घरमा लान नपाउने निर्णय पछि शुक्लागण्डकीका मेयर पण्डितको प्रशंसा

सरकारी सवारीसाधन घरमा लान नपाउने निर्णय पछि शुक्लागण्डकीका मेयर पण्डितको प्रशंसा

शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितकाे यतिबेला चाैतर्फी प्रशंसा भएको छ । मेयर भएदेखि नैं नगरपालिकाबाट आँफुले पाउने सेवासुविधा नलिइ विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएका पण्डितले अहिले अर्को जनमुखी र लाेकप्रिय निर्णय गरेका छन् । निश्वार्थ भावनाले जनमुखी काम गर्दै लाेकप्रियता हासिल गरेका मेयर पण्डितकाे याे निर्णयले थप चर्चा चुलिएको छ । त्यसाेत मेयर पण्डितले यसअघि पनि प्राय नगरपालिकाकाे भन्दा आफ्नै गाडी लिएर मितब्ययिता प्रस्तुत गरिसकेका छन् ।
शुक्लागण्डकी नगरपालिकाले हालै एक सुचना प्रकाशित गर्दै अब सरकारी सवारी साधनहरु कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गर्ने र मितब्ययिता अपनाउन कुनै पनि कर्मचारीलाई घरमा लैजाने वा अन्य प्रयोजनमा प्रयोग गर्न नदिने निर्णय गरेको जनाएको छ । जेनजी आन्दोलनपछि सिमित संख्यामा सवारी साधन रहेकाले नगरपालिकामै राखेर साझा रुपमा प्रयोग गर्ने निर्णय नगरपालिकाले गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत शिशिर पाैडेल द्वारा हस्ताक्षरित वडालाइ लेखिएको पत्रमा भनिएको छ – ” प्रस्तुत विषयमा तहाँ कार्यालयमा कार्यरत कर्मचारीहरुले प्रयोग गर्दै आएको सरकारी सवारी साधन कार्यालय प्रयोजनको लागि मात्र प्रयोग गरी अन्य समयमा सोहि कार्यालयमा वा शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा राख्ने व्यवस्था गरिएकोले उक्त व्यवस्था कार्यान्वयनका लागि आदेशानुसार जानकारी गराईन्छ । उक्त निर्णय सँगै अब नगरपालिका तथा सबै वडाहरूमा सरकारी सवारीसाधन दुरुपयोग राेकिने भएको छ । यस्तै नगरपालिकाकै लागि प्रकाशित अर्को पत्रमा भनिएको छ – ” उपरोक्त बिषयमा कार्यालयका अधिकांश सवारी साधन आन्दोलनका क्रममा जलेकोले कार्यालयमा कामको ब्यवस्थापन र मितव्ययीता अपनाउन तपाईको जिम्मामा रहेको स्कुटर/मोटरसाइकल कार्यालय समयमा नगर प्रहरीको जिम्मामा राख्ने र आवश्यकता अनुसार कार्यालयका अन्य कर्मचारीहरुले समेत प्रयोग गर्ने तथा कार्यालय समय पश्चात नगरपालिका परिसरमा नै साधन राख्ने गर्न हुन आदेशानुसार अनुरोध छ” ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page