पाेखरा जाँदै गरेको कार पृथ्वीराजमार्गको अम्रेनीमा दुर्घटना , दुई जना घाइते
काठमाडौं बाट पाेखरा जाँदै गरेको कार अम्रेनीमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१ ०२७ च २१०३ नम्बरको ev कार बिहान ६.३० बजेको समयमा व्यास १ अम्रेनीमा सडकमै पल्टिएर दुर्घटना भएको हाे ।

कारमा दुई जना सवार रहेको र दुबै घाइते भएको बताइएको छ । घाइतेलाई दमाैली अस्पतालमा उपचारका लागि पठाइएको छ । कुकुरले अल्झाएर कार दुर्घटना भएको अनुमान स्थानीयले गरेका छन् । घाइतेको पहिचान हुन बाँकी रहेको छ ।

























