गगनकाे पक्षमा तनहुँमा ६० प्रतिशतकाे हस्ताक्षर !

गगनकाे पक्षमा तनहुँमा ६० प्रतिशतकाे हस्ताक्षर !


विशेष महाधिवेशनकाे माग गर्दै तनहुँमा भएको हस्ताक्षर अभियानमा ६० प्रतिशतले हस्ताक्षर गरेको बताइएको छ । हस्ताक्षर भाेलिसम्म रहेकोले याे संख्या अझै बढ्न सक्ने एक काङ्ग्रेस नेताले बताए ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको अबधि आगामी मंसिरमा सकिने र त्यसपछि नियमित महाधिवेशनमा जाने कि बिशेश महाधिवेशन माग गर्ने भन्ने बहसका बिच पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देशव्यापी हस्ताक्षर अभियान चलाएका थिए । साेही अभियान अन्तर्गत तनहुँमा भएको हस्ताक्षर अभियानमा ६० प्रतिशतकाे हस्ताक्षर भएको हाे । पार्टीका पुर्व सभापति बैकुण्ठ न्याैपाने , क्षेत्रीय सभापति द्वय श्याम कुमार माैरती र चुडामणि खनाल , शुक्लागण्डकी नगरपालिकाका पुर्व मेयर किसान गुरूङ , लगायत क्षेत्र नं १ मा अहिलेसम्म १४ जनाले गरेको र ८ जनाको हस्ताक्षर हुने तयारीमा रहेको बताइएको छ भने ९ जनाले क्षेत्र नं २ बाट हस्ताक्षर गरेका छन् । क्षेत्रीय सभापति चुडामणि खनालले आफ्नाे क्षेत्रबाट अहिलेसम्म ९ जनाले हस्ताक्षर गरेको र तीनजनाकाे थप छलफल भइरहेको बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page