नवपसले युवा क्लबले कात्तिक ३ गते सांस्कृतिक कार्यक्रम गर्ने

नवपसले युवा क्लबले कात्तिक ३ गते सांस्कृतिक कार्यक्रम गर्ने

तनहुँको म्याग्दे गाउँपालिका वडा नँ ३ मा रहेको नव पसले युवा क्लवले कात्तिक ३ गते विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । दिपावलीकाे अवसर पारेर पाँचौ नव पसले सांस्कृतिक कार्यक्रम गर्न लागिएको क्लवका सचिव श्रीराम थापाले बताए । क्लवले सांस्कृतिक कार्यक्रमबाट हुने फाइदाबाट सामुदायिक एवम् आधुनिक व्यायामशाला निर्माण गर्ने , पसले आधारभुत विद्यालय भित्र बन्दै गरेको बास्केटबल काेर्ट निर्माण गरिने र पसले बजारमा सिसी क्यामरा जडान गरिने क्लवका सहअध्यक्ष मनाेज कुमार श्रेष्ठले बताए ।

सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारकाे प्रस्तुति तथा नृत्य कार्यक्रम हुने र उक्त कार्यक्रममा सहभागीताकाे लागि सबैलाई आव्ह्वान गरिएको क्लवका निवर्तमान अध्यक्ष सुदिप लामिछानेले बताए ।
सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत क्लवले यसअघि पनि विभिन्न कार्यक्रमहरू गर्दै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page